जनता समाजवादी पार्टी नेपालले सरकारमा पठाएको तीन मन्त्रीलाई फिर्ता बोलाएको छ ।
तर पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले भने सरकारबाट मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए ।जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई निकट मानिने कृषि तथा पशुपन्छी विकास मन्त्री यादवले पार्टीले मन्त्रीलाई फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
उनले यस विषयमा पार्टीमा छलफल भएपछि थप कुरा बताउने बताए । । उनी मन्त्री फिर्ता बोलाउन नहुने पक्षमा रहेका थिए ।