News Portal

  • प्रमुख तीन दलका शीर्ष नेताहरुबिच बालुवाटारमा छलफल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २४ असार २०७९
    ३२२ पटक
    भक्तपुर, २४ असार २०७९

    प्रमुख तीन दलका शीर्ष नेताहरुको प्रधानमन्त्रीको निवास बालुवाटारमा छलफल भएको छ । आज बिहान प्रधानमन्त्रीसँगको छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बालुवाटार पुगेका थिए ।

    भेटमा नागरिकता विधेयकका विषयमा केन्द्रीत रहेर छलफल भएको बालुवाटार स्रोतले बताएको छ । सरकारले चार वर्ष अगाडी संसदमा लगेको नागरिकता विधेयक आजै संसदबाट फिर्ता लिँदैछ । स्रोतका अनुसार कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा जन्मका आधारमा नेपाली नागरिकता पाएका नागरिकको सन्तानलाई बंशजको नागरिकता दिने प्रावधान मात्र ल्याउने गरी नयाँ विधेयक ल्याउन चाहन्छन् । नागरिकताका बारेमा छलफल सकिएपछि गृहसचिव बाहिरिएको र त्यसपछि भने तीन शीर्ष नेताहरुले निर्वाचन आयोगले विहिबार प्रधानमन्त्रीलाई मंसिर २ मा निर्वाचन गराउन मिति सिफारिस गरेको विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

    सरकार अब यसै महिनाको अन्तिमसम्म संघ र प्रदेशको आगामी निर्वाचनको मिति तोक्ने गरी तयारीमा जुटेको छ । यसै विषयमा प्रधानमन्त्रीले सत्तासहयात्री दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसाग छलफल गरेका हुन् । छलफलका क्रममा गठबन्धन दलहरुले आउने चुनावमा के कसरी तालमेल गर्ने भन्ने विषयमा पनि प्रारम्भिक छलफल भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...