News Portal

  • भक्तपुरको चाँगुनारायणमा सवारी दुर्घटना, बस्नेतको निधन

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २४ असार २०७९
    ९१७ पटक
    भक्तपुर, २४ असार २०७९

    बुधबार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ पिखेल स्थित डेकोचाबाट चाँगुनारायण तर्फ जाँदै गरेको मिनि ट्रक र स्कुटी एकआपसमा ठक्कर खाँदा एक पुरुषको मृत्यु भएको छ ।

    बा ५ ख ५४२३ नं को निशान मा सोही दिशा तर्फ जाँदै गरेको बा ६७ प ८४२२ नं को स्कुटीले ओभरट्याक गर्ने क्रममा मिनि ट्रकमा ठक्कर खाँदा स्कुटी चालक भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारी बस्ने ३२ वर्षीय माधब बस्नेत गम्भिर घाइते भएका थिए । उपचारको लागी भक्तपुर अस्पताल लगिएकोमा थप उपचारको लागी त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, काठमाण्डौ पठाइएको र उपचारकै क्रममा करिब ६ः३० मा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान कार्य गरी  ट्रक चालर्क भक्तपुर नगरपालिका वडा नं ८ लिवाली बस्ने बर्ष ४३ को सत्यराम कर्मचार्य र दुर्घटित दुबै सवारी साधनलाई  नियन्त्रणमा  लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...