नेकपा एमालेका सचिव योगेश भट्टराइले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
सरकारले उक्त विधेयक राष्ट्रिय सभामा पेस गरेपछि उनले यस्तो माग राखेका हुन् ।भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ‘संविधानको अक्षर र भावना विपरीत सरकारले राष्ट्रिय सभामा पेस गरेको संवैधानिक परिषद् सम्बन्धी विधेयकको विरोध गर्दछु र तत्काल फिर्ता लिन माग गर्दछु,’ ।
उनले सरकारलाई संविधान अनुकूल चल्न पनि आग्रह गरेका छन् ।