News Portal

  • प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २७ असार २०७९
    ४८७ पटक
    भक्तपुर, २७ असार २०७९

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकअघि नेता शेखर कोइराला पक्षका तरुण र विद्यार्थीहरुले नाराबाजी गरेका छन् । उनीहरुले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध विभिन्न नाराहरु लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।

    तरुण र विद्यार्थीहरुले भ्रातृ संस्थामा एकलौटी नियुक्ति गरेको तथा अध्यक्षमात्रै नियुक्त गरेर अपूरो बनाएको, महाधिवेशन सकिएको छ महिना बितिसक्दा पनि पार्टीका विभागहरु गठन नगरेको तथा विधानबमोजिमका अन्य कामहरु पूरा नगरेको भन्दै विरोध गरेका छन् ।

    सभापति देउवाले चैतपछि सोमबार स्थानीय निर्वाचनको परिणाम र चुनावी गठबन्धनबारे छलफल गर्न भन्दै केन्द्रीय कार्य समितिको बैठक बोलाएका छन् । पार्टीमा देउवाको कार्यशैलीबारे विरोध जनाउँदै आएको कोइराला समूहले केन्द्रीय समिति बैठकमा कडारुपमा प्रस्तुत हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...