News Portal

  • चिनियाँ नेता लिउ र ओलीबिच भेटवार्ता

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २८ असार २०७९
    ५१६ पटक
    भक्तपुर, २८ असार २०७९

    नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका लागि बालकोट पुगेको छ । भ्रमणको तेस्रो दिन आज उनी एमालेका अध्यक्ष ओलीसँग लन्च मिटिङ गर्ने गरी बालकोट पुगेका हुन् ।

    भेटमा एमालेबाट विष्णु रिमाल, प्रदीप ज्ञवाली लगायतका नेताहरु पनि सहभागी छन् । भेट सकेपछि लिउको सम्मानमा ओलीले आफ्नै निवासमा लन्च कार्यक्रम राखेका छन् । ओली सँगको भेटपछि उनले आज दिउँसो नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र पूर्वप्रधानमन्त्री झलनाल खनाललाई पनि भेट्ने कार्यक्रम छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर लिउ बेइजिङ फर्कने कार्यक्रम छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागको नेतृत्व सम्हाल्नेबित्तिकै पहिलो विदेश भ्रमणका रूपमा आइतबार नेपाल आएका लिउले नेपालका राजनीतिक दलहरुका नेताहरुसँग गरिरहेको राजनीतिक भेटवार्तालाई निक्कै अर्थपूर्ण रुपमा लिइएको छ । उनले सोमबार मात्रै माओवादी केन्द्रका नेताहरुसँग भेटघाट गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...