News Portal

  • खुला सीमा बन्द गर्न र नागरिकता छानबिन गर्न सांसद सुवालको माग

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २९ असार २०७९
    ६८७ पटक
    prem suwalभक्तपुर, २९ असार २०७९

    नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले जन्मका आधारमा नेपाली नागरिकता पाएकाको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न माग गरेका छन्  । सांसद सुवालले नागरिकता समस्या समाधानका लागि नेपाल–भारतबीचको खुला सीमा बन्द गर्न पनि सरकारसँग माग गरे ।

    आज (बुधबार) प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ मा विरोधको सूचना पेश गर्दै उनले नेपालीसँग विवाह गरेका विदेशी नागरिकलाई २० वर्ष निरन्तर नेपालमा बसोबास गरेको र नेपालको कुनै एउटा भाषा र संस्कृतिमा लिखित परीक्षा र अन्तर्वार्ता उत्तीर्ण गरेकालाई नेपालको कृत्रिम नागरिकता दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...