News Portal

  • अमेरिका पुगेर सभापति थापाले गरे देश नबिर्सन अपिल

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३२ असार २०७९
    ६६५ पटक
    भक्तपुर, ३२ असार २०७९

    नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले अमेरिकामा बसेपनि मन नेपालमै राखेका नेपाली समुदायप्रति आभार प्रकट गरेका छन् । पार्टीको भातृ संस्था नेपाली जनसम्पर्क समिति, अमेरिका न्युयोर्कको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थपाले विश्वको जुनसुकै कुनामा बसेपनि नेपाल लाई नबिर्सन अपिल गर्दै देशप्रति चासो र चिन्ता कायम राख्न आग्रह समेत गरे ।

    ‘नेपालको वर्तमान राजनीतिक अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासा बारे जवाफ दिदै सभापति थापाले वर्तमान गठवन्धनको आवस्यकता र औचित्य माथि प्रकास पार्दै स्थानीय तहको निर्वाचनमा पार्टीले पहिलो स्थान प्राप्त गर्नु यसैको प्रतिफल भएको प्रष्ट पारे । कम्युनिस्टहरुलाई दुई तिहाइ नजिक बहुमत दिदा पनि काम गर्न नसकी कांग्रेसले सरकारको नेतृत्व गर्नुपरेको जिकिर गर्दै सभापति थापाले आउँदै गरेको आम निर्वाचनमा नेपाली कांग्रेसले जित्नुको बिकल्प नभएको बताए । पार्टीले बहुमत प्राप्त गर्ने आधारहरु उल्लेख गर्दै उनले कांग्रेसले जितेमात्र देशमा राजनीतिक स्थिरता आउने र लोकतन्त्रको रक्षा हुने दावी गरे ।

    अमेरिकाको न्युयोर्कमा बसोवास गरिरहेका बिभिन्न संघ सस्थाका नेपाली समुदायको बाक्लो उपस्थित रहेको सो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम, नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्य लगायतले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारे बिश्लेशण गरेका थिए । आनन्द बिष्टको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभाको आउँदै गरेको चुनावका विषयमा कांग्रेस कसरी अघि बढ्नुपर्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको आयोजकले जनाएको छ । दुई हप्ता लामो अमेरिका भ्रमण सकेर सभापति दुर्लभ थापा आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको नेपाली कांग्रेस सूर्यविनायकका प्रवक्ता रमेश खड्काले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...