News Portal

  • शिक्षामन्त्रीले बालेन्द्रलाई भने– ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियानमा लाग्नुस् मन्त्रालयले सहयोग गर्छ’

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ४ साउन २०७९
    ४५९ पटक
    भक्तपुर, ४ साउन २०७९

    काठमाडौंमा दरबन्दी धेरै छ अब शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने र शिक्षकले विद्यालयमा पढाएर मात्र हुँदैन होम भिजिट पनि गर्नुपर्ने जानकारी दिएका छन्। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियानमा लाग्न आग्रह गरेका छन् ।

    मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा मेयर शाहलाई शिक्षण संस्था सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’ सञ्चालन गर्न आग्रह गरेका छन् । पौडेलले काठमाडौं महानगरपालिकाभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै अब शैक्षिक गुणस्तरमा महानगरपालिकाले ध्यान दिनुपर्ने उल्लेख गरेका छन्।

    ‘शिक्षकको कार्यसम्पादनलाई नियमित अनुगमन गरी विद्यार्थीले बुझेका छन् या छैनन् पढ्ने वातावरण छ कि छैन् ? भनेर नियमित महानगरपालिकाले अनुगमन गर्नुपर्ने’, शिक्षामन्त्री पौडेलले बालेन्द्र शाहलाई भनेका छन् । काठमाडौं महानगरपालिकाभित्रको दरबार हाइस्कुलसहितका विद्यालयलाई नमुना विद्यालय बनाउने तयारी भएको बताउँदै विद्यालयको प्रधानाध्यापक राख्दा महानगरपालिकाले ध्यान दिनुपर्नेमा पौडेलले जोड दिएका छन् ।

    ‘भौतिक पूर्वाधारसँगै नमुना विद्यालय र शिक्षण सिकाईका लागि महानगरपालिकाले योजना बनाएर अघि बढ्ने, मन्त्री पौडेलले भने,महानगरपालिकालाई परेको अप्ठ्यारोमा मन्त्रालयले साथ दिन्छ ।’ शिक्षकले विद्यालयमा विद्यार्थीलाई पढाएर मात्र नहुने भन्दै होम भिजिट गर्नुपर्ने पौडेलको भनाइ छ ।

    भेटमा बालेन्द्र शाहले महानगरपालिकाभित्र भएका ९० वटा विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको छ भन्दै, डिजिटल बोर्डको आवश्यकता रहेको बताए। ‘हामी नियमित विद्यालयमा अनुगमन गरिरहेका छौं,’ बालेन्द्र शाहले भने, ‘सबै विद्यालयमा स्मार्ट बोर्ड लकर सिस्टमा व्यवस्थाका लागि मन्त्रालयले ५० करोड रकमको व्यवस्था गर्नुप¥यो ।’ बालेन्द्र शाहले विद्यार्थीले बोक्ने किताबहरु धेरै र गाह्रो भएको भन्दै किताब राख्नका लागि लकर सिस्टमको व्यवस्था गर्नुपर्ने बताएका छन्।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...