News Portal

  • गठबन्धनका शीर्ष नेता र सरकारका मन्त्रीलाई कारबाही गर्नुपछंः महेश बस्नेत

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,५ साउन २०७९
    ४३५ पटक
    भक्तपुर,५ साउन २०७९

    नेकपा (एमाले)का सांसद महेश बस्नेतले सत्ता गठबन्धनका शीर्ष नेता र सरकारका मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

    प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले केही व्यक्तिहरु एमालेको अर्थ योजना विभागको सदस्य एम अधिकारी खोजिरहेको भन्दै यस्तो बताएका हुन्।

    उनले भने, ‘देशी विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने र परिवारवाद लाद्ने नेता एस देउवा (शेरबहादुर देउवा), माओवादी नेता पी दाहाल(पुष्पकमल दाहाल), नेतृ ए राणा देउवा (आरजु राणा) खोजेर कारबाही गर्नुपर्ने होइन र?

    उनले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई पनि कारबाहीको माग गरे। ‘बजेटमा रातारात सेटिङ गरेर कर र भन्सारका दररेटमा गडबड गरेर सिसिटिभी फुटेज लगायतका प्रमाण नष्ट गर्ने र कमिशन ६ अर्बभन्दा बढी गडबडी गर्ने माओवादी नेताजी शर्मालाई खोजेर कारबाही गर्नुपर्ने होइन ? उनले भने, पेट्रोलियमको भाउ, महँगी र कालोबजारीलाई प्रोत्साहन गर्ने आपूर्ति मन्त्री कांग्रेस नेता डी बडू (दिलेन्द्र बडू) लाई कारबाही गर्नुपर्ने होइन र ?

    उनले मल अभाव र पुस्तक अभाव गराई किसान र विधार्थीको भविष्यमा खेलबाड गर्ने एम यादव (महिन्द्रराय यादव) र डी पौडेल (देवेन्द्र पौडेल)लाई कारबाही गर्नुपर्ने उनको माग छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...