News Portal

  • नगर प्रमुख प्रजापति र लेटाङ नपाका प्रमुख भूपेन्द्रकुमार लावतीबीच भेटघाट

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, १० साउन २०७९
    २८२ पटक
    भक्तपुर, १० साउन २०७९

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मोरङ जिल्लाको लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले मंगलबार भेटघाट गरेका छन् । नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आएका उक्त टोलीलाई भादगाउँले टोपी र नगरपालिकाको लोगो अंकित परम्परागत खादाले स्वागत गरेका छन् ।

    प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा पुनःनिर्माणमा गरिरहेको गतिविधिहरुबारे जानकारी गराएका छन् । भक्तपुर नगरपालिकाले समाजवादी देशहरुबाट सिक्दै काम गरिरहेको बताएका छन्।उनले स्वास्थ्य क्षेत्रमा अरु नगरपालिको भन्दा पृथक ढंगले नगरबासीहरुको सेवा गर्ने कोसिस गरिरहेको चर्चा गरेका छन्।

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप सर्कलका शैक्षिक संस्थाहरु देशकै उत्कृष्ट कलेजको रुपमा स्थापित हुनु सबैको लागि गौरवको विषय भएको जानकारी दिएका छन् । उनले विकास निर्माणमा भक्तपुर नगरपालिकाले उपभोक्ता मोडललाई नै प्राथमिकतामा राख्दै आएको बताए ।भूगोल, इतिहास, संस्कृति, राजनीतिशास्त्र र नेपाल भाषा लगायतका विषयमा विद्यार्थीहरुको आकर्षण घट्दै गइरहेको र सन्दर्भमा भक्तपुर नगरपालिकाले यी विषयहरुमा उच्च शिक्षा हासिल गर्न पी. एच. डी. सम्मका विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको बताएका छन्। भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरुले वार्षिक ६ करोडभन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ भने।

    भेटमा नगर प्रमुख लावतीले लेटाङ नगरपालिकाले आफ्ना नगरबासीहरुलाई मातृभाषामै सेवा प्रदान गरिरहेको बताए । लेटाङ पर्यटनको सम्भावना बोकेको ठाउँ भएको हुँदा भक्तपुर नगरपालिकासँग सहकार्य गर्दै अगाडि बढ्न चाहेको बताएका छन्। भौगोलिक विषमता यस नगरपालिकाको मुख्य विशेषता रहेको बताए। उनले ९ वटा वडामा विभाजित यस नगरपालिकामा पर्यटकीय सम्भावना धेरै भएको बताए।
    उनले नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको काम अन्य स्थानीय तहको लागि उदाहरणीय भएको बताउदै र भक्तपुर नगरपालिकाबाट लेटाङले पनि सिक्न चाहेको बताए। भेटमा उपस्थित संघीय सांसद घनश्याम खतिवडाले भक्तपुर र लेटाङबीच भावनात्मक सम्बन्ध रहेको बताउदै र भक्तपुरसँग भगिनी सम्बन्ध कायम गर्न उत्सुक भएको बताएका छन् । उनले संसदमा विचाराधीन ख्वप विश्वविद्यालय विधेयक पारित गर्न छिटोभन्दा छिटो पहल गर्नुपर्नेमा जोड दिएका छन्। नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गरे देशकै लागि नमुना कार्य हुने बताए।

    भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रशासकीय अधिकृत दामसुवाल, बित्त आयोगका सदस्य विपिन निरौला, लेटाङ २ वडाका वडाध्यक्ष तेजप्रसाद तिमिल्सिना र लेटाङका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे लगायतको उपस्थिति थियो ।
    लेटाङ नपाका जनप्रतिनिधिहरुले भक्तपुर नपाबाट सञ्चालित कलेज र अस्पतालहरुको स्थलगत अवलोकन गरेका थिए। नगर प्रमुख प्रजापतिले प्रमुख लावतीलाई मयुरको झ्याल र नगरपालिकाका प्रकाशनहरु मायाको चिनोस्वरुप प्रदान गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...