News Portal

  • धनगढीका मेयर गोपाल हमाल भक्तपुर नगरपालिकामा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१२ साउन २०७९
    ६१४ पटक
    भक्तपुर,१२ साउन २०७९

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कैलालीको धनगढी उपमहानगरपालिकामा २०७९ को स्थानीय तहको चुनावमा स्वतन्त्र रुपमा विजयी भएका नगर प्रमुख गोपाल हमालले बुधबार भेट गरेका छन् । भक्तपुर नगरपालिकाको शिक्षा, स्वास्थ्य र विशेषगरी फोहर मैला व्यवस्थापनबारे अध्ययन भ्रमणमा आएका हमाललाई नगर प्रमुख प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित विविध गतिविधिहरुबारे प्रष्ट पारे ।

    भेटमा प्रमुख प्रजापतिले स्वास्थ्य क्षेत्रमा जनताको सहज पहुँचको लागि भक्तपुर नपाले स्वास्थ्य केन्द्र हुँदै अहिले १०० शैय्याको ख्वप अस्पतालमार्फत अन्तरंग सेवा सुरु गरिसकेको अवगत गराउदै प्रमुख प्रजापतिले ख्वप अस्पतालबाट व्यापक जनताले सस्तो र स्तरीय स्वास्थ्य सेवा पाइरहेको चर्चा गरे । भक्तपुर नगरपालिकाले आजभन्दा ४ वर्ष अघिदेखि कुहिने र नकुहिने फोहर अलग अलग दिन संकलन गर्दै आएको र हाल कुहिने फोहरबाट कम्पोष्ट मल निर्माण गरी किसानहरुलाई सस्तोमा बिक्री समेत सुरु गरिसकेको उनले जानकारी दिए ।

    त्यस्तै धनगढी उपमहानपाका प्रमुख हमालले सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेको बताउदै धनगढी उपमहानपाले वडा क्लिनकको अवधारणाअनुसार गर्भवती महिलाहरुको लागि यसै आर्थिक वर्षदेखि विशेषज्ञसहित १९ वटै वडामा अल्ट्रासाउण्ड, इसीजी र ल्याबको स्वास्थ्य सेवा निःशुल्क रुपमै सुरु गरेको पनि जानकारी दिए । उनले भक्तपुर नगरपालिकाको सरसफाइ र फोहोर व्यवस्थापनको चर्चा व्यापक रहेको हुँदा यहाँबाट सिक्ने उद्देश्यले भक्तपुर आएको बताउदै जनतालाई स्थानीय सरकारको औचित्यता पुष्टि हुने ढंगले जनप्रतिनिधिहरुले काम गर्नुपर्ने धारणा व्यक्त गरे ।

    उक्त भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, धनगढी उपमहानपाबाट महेशप्रसाद दाहाल र रुपक जोशीको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...