News Portal

  • सांसद एकबाल मियाँद्वारा ख्वप सर्कलका कलेज र ख्वप अस्पतालको अवलोकन भ्रमण

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर ,१२ साउन २०७
    ६८६ पटक
    भक्तपुर ,१२ साउन २०७

    लोकतान्त्रिक समाजवादी पार्टीका माननीय सांसद एकबाल मियाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेजको बिहीबार स्थलगत अवलोकन भ्रमण गरेका छन् ।

    सोही क्रममा भक्तपुर भ्रमणमा आएका सांसद मियाँले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटे र उनीहरुबीच भक्तपुर नपाले शिक्षा र स्वास्थ्य क्षेत्रमा पु¥याइरहेको योगदानबारे विचार आदानप्रदान भयो । भक्तपुर नगरपालिकाबाट सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको स्थलगत अवलोकनपश्चात भएको भेटमा सांसद मियाँले ख्वप विश्वविद्यालय विधेयकलाई अगाडि बढाउन र संसद र संसदीय समितिबाट पारित गराउन आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    भक्तपुर नगरपालिकाले गरिरहेको काम निकै उत्साहप्रद भएको बताए । उनले ख्वप विश्वविद्यालय विधेयक पारित गराउन संसदीय टोलीलाई यी संरचनाहरुको स्थलगत भ्रमणको लागि आफूले पहल गर्ने जानकारी दिएका छन् । अवलोकनका क्रममा सांसद मियाँले भक्तपुर नगरपालिका देशकै उत्कृष्ट र नमुना नगरको रुपमा पाएको उल्लेख गर्दै नगरपालिकाको देश र जनतामा समर्पित सेवाबाट अत्यन्त प्रभावित भएको र ख्वपविश्वविद्यालयको स्थापना तथा अन्य विकास निर्माण कार्यहरुमा आफूले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

    सोही क्रममा नगर प्रमुख प्रजापतिले नगरवासीहरुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १०० शैय्याको ख्वप अस्पतालमा दैनिक ७ सय भन्दा बढी बिरामीहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको बताए । ख्वप अस्पताललाई सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयासरत रहेको अवगत गर्दै प्रमुख प्रजापतिले समाजवादी देश क्युवाबाट सिकेर भक्तपुर नगरपालिकाले सस्तोमा स्तरीय शिक्षा प्रदान गर्ने कोसिसहरु गर्दै आइरहेको बताएका छन् ।

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ७ वटा शैक्षिक संस्थामा हाल ७२ जिल्लाका करिब ७ हजार विद्यार्थीहरू अध्ययनरत रहेको र ख्वप विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुरबासी जनताको चाहनाअनुसार नगरपालिकाले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्दै आइरहेको बताएका छन् ।

    उक्त भेटमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीका प्रमुख सेनानी सन्तोष कार्की, निर्माण व्यवसायी राजकिशोर साहको पनि उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...