News Portal

  • एङ्गोलामा भेटियो अतिदुर्लभ गुलाबी हिरा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१३ साउन २०७९
    ३५१ पटक
    भक्तपुर,१३ साउन २०७९

    मध्यपश्चिमी अफ्रिकाको एङ्गोलामा गुलाबी रङ्को एउटा अतिदुर्लभ हिरा फेला परेको छ । ३४ ग्राम तौल रहेको यो हिरा तीन सय वर्षयताकै सबैभन्दा ठूलो हिरा भएको मानिएको छ ।

    लुलो खानीमा फेला परेको १ सय ७० क्यारेटको यो हिरालाई ‘लुलो रोज’ नाम दिइएको छ । लुलोमा रहेको हिरा खानीमा भेटिएको यो पाँचौँ ठूलो हिरा हो । अङ्गोला सरकार र अस्ट्रेलियाको लुकापा डायमन्ड कम्पनीले त्यहाँ खानी सञ्चालन गरिरहेका छन् । यसअघि १ सय ८५ क्यारेटको ‘दरिया–ए–नुर’ फेला परेको थियो ।

    रत्न विशेषज्ञ जोआना हार्डीले लुलो रोज नकाटिएसम्म कति मूल्यमा बिक्री हुन्छ भनेर अनुमान लगाउन नसकिने बताएका बीबीसीले जनाएको छ । गुलाबी हिराहरू अत्यन्तै दुर्लभ हुन्छन् । हार्डीका अनुसार यो रत्न आम नागरिकले हेर्न पाउने सम्भावना न्यून हुन्छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...