प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद लालबाबु पण्डितले सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका कारण त्रिभुवन विश्वविद्यालय बन्द गर्न खोजेको हो भन्दै प्रश्न गरे ।
प्रतिनिधि सभा बैठकमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयमा पटक–पटक तालाबन्दी गर्दा बन्द हुने अवस्थामा पुगेका उल्लेख गरेका छन् ।
उनले संविधानले नेपालमा तीन तहको संघीयता लागु गरे पनि प्रशासनिक संघीयता लागु नभएको बताए ।