News Portal

  • सञ्चारमाध्यमहरुप्रति सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१५ साउन २०७९
    २९० पटक
    भक्तपुर,१५ साउन २०७९

    विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार प्रति सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी मन्त्रालयको कार्यसम्पादनलाई जोडेर राष्ट्रिय दैनिक पत्रीका एवं केही अनलाइन सञ्चार माध्यमहरूमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

    समायोजन ऐन बमोजिमको समायोजन सम्बन्धी कार्य समयमै सम्पन्न भए पनि सङ्घीय निजामती सेवा ऐन जारी नहुँदा सरुवा सम्बन्धी विषयलाई व्यवस्थित बनाउन नसकिएको मन्त्रालयको प्रस्टोक्ति छ । जसका कारण प्रदेश तथा स्थानीय तहका कर्मचारीको सरुवा बढुवामा समेत प्रभाव परेको छ । ‘स्थानीय तहको निर्वाचन पश्चात् जन निर्वाचित जनप्रतिनीधीहरुले आफू अनुकूलको वातावरण निर्माणका लागी साबिककै कर्मचारीहरूलाई निरन्तरता दिन खोज्ने तथा अन्यत्र सरुवा गरी पठाउन खोज्ने प्रवृत्ति देखिएको छ ।

    साथै प्रकाशित समाचारमा उल्लेखित अफवाह कर्मचारीको सरुवा, बढुवामा संलग्न भएको आधार वा प्रमाण भएमा त्यस्ता कर्मचारी वा व्यक्तिमाथि कानुन बमोजिम कार्यवाही गरिने समेत मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...