News Portal

  • नागरिक सहायता कक्षबाट १ वर्षमा भक्तपुर प्रहरीले पुर्यायो ६० हजार बढीलाई सेवा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ साउन २०७९
    ६०१ पटक
    bhaktapur police rangeभक्तपुर, १५ साउन २०७९

    भक्तपुर प्रहरीले नागरिक सहायता कक्षबाट १ वर्षमा ६० हजार बढी सेवाग्राहीलाई सेवा पुर्याएको छ । प्रहरीले दिने सेवा प्रक्रियाबारे थाहा नभएका सेवाग्राहीलाई नागरिक सहायता कक्ष मार्फत सेवा पुर्याइएको हो ।

    भक्तपुर प्रहरी प्रमुख रहेका एसपी शिवकुमार श्रेष्ठले आइतवार पत्रकारसंग कुराकानी गर्दै सो तथ्यांक सार्वजनिक गरेका हुन् । उनले आफ्नो कार्यकालमा नागरिक सहायता कक्षलाई प्रभावकारी पारिएको दावी गरेका छन् । उजुरी निवेदन लेख्न समेत नजानेका करिब ९,४७६ जनालाई निशुल्क निवेदन लेखि दिएको जानकारी गराउदै एसपी श्रेष्ठले त्यसबाट नागरिकको करिब १९ लाख रुपैया बचत भएको दावी गरे ।

    सेवाको लागि आउने केही थाहा नभएका आमनागरिकलाई नागरिक सहायता कक्षबाट सरल र सहज सेवा प्रदान गरिएको र काम भए नभएको अनगमन गर्ने र गुनासो सम्बोधन गर्ने संयन्त्र प्रभावकारी पारिएको उनले जिकिर गरे ।

    जिल्लामा लागु औषध दुर्व्यसन बिरुद्ध ससक्त रुपमा उत्रिएका एसपी श्रेष्ठले आफ्नो कार्यकालमा पटके दुर्व्यसनीलाई पक्राउ गरी लागु औषध कारोबारीको जालो समात्न समेत सफलता प्राप्त गरेका थिए । उनले दुर्व्यसन बिरुद्ध ४ हजार ४ सय ५७ वटा औपचारिक कार्यक्रम गरी २ लाख ३ हजार २ सय ४१ जना किसोरकिसोरीलाई सचेतनामूलक प्रशिक्षण दिइएको समेत जानकारी गराए ।

    उनले मानिस हराएको सूचना पाउनासाथ खोजी कार्यलाई महत्वको साथ् अघि बढाउने संयन्त्र बनाइएको बताउदै हराएको मानिसको स्थान खोजी गर्दै विभिन्न जिल्लामै पुगी खोजेर ल्याइएको जानकारी गराए । समुदाय – प्रहरी साझेदारी कार्यक्रम मार्फत प्रहरी र समुदायको सम्बन्ध मजबुद पारिएको उनले प्रष्ट पारे ।

    उक्त अवसरमा आफ्नो कार्यकालमा गरिएका उल्लेखनीय अपराध अनुसन्धानको घटनाबारे समेत जानकारी गराउदै एसपी श्रेष्ठले भक्तपुरमा जघन्य अपराधमा कमी भएपनि चोरी,ठगी, जबर्जस्ती करणी र लागु औषध दुर्व्यसनीसंग सम्बन्धित अपराधका घटनाहरु चिन्ताजनक रुपमा कायम रहेको र त्यसको न्यूनीकरणका लागि आफ्नो कार्यकालमा अपराधीलाईलाई कानुनी कारवाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नारखिएको बताए । उक्त अवसरमा जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी समेत रहेका डिएसपी राजु पाण्डेको समेत उपस्थिति रहेको थियो।

    जिल्ला प्रहरी परिसर भक्तपुरको प्रमुखका रुपमा २०७८ असार देखि नेतृत्वमा रहेका एसपी श्रेष्ठको केहि दिन अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । सोमबार उनको औपचारिक बिदाइ हुने बताइएको छ ।

     

    हेर्नुस् बिस्तृत विवरण

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...