News Portal

  • भक्तपुरमा ईताछें विनायक र आईभि हेल्थकेयरको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ साउन २०७९
    ८३३ पटक
    itachhe binayakभक्तपुर, १५ साउन २०७९

    भक्तपुरको ईताछें विनायक बचत तथा ऋण सहकारी संस्थाले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आई. भि. हेल्थकेयरसंगको सहकार्यमा शनिवार उक्त शिविर सम्पन्न गरिएको हो ।

    भक्तपुरको औद्याेगिक क्षेत्रस्थित शहिद स्मृति उद्यानमा सम्पन्न भएको स्वास्थ्य शिविरमा सबैभन्दा बढी आखाँ रोगको उपचार गरिएको थियो । ६८ जनाको आँखा जाँच गरिएको शिविरमा मुटुराेग सम्वन्धी ४९ जना, फिजियाेथेरापि २२ जना, सामान्य स्वास्थ्य जाँच ६२ जना र खकार परीक्षण ९ जना गरी कूल २ सय १० जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

    उक्त शिविरमा वरिष्ठ मुटुराेग बिशेषज्ञ डा.प्रेमराज बैद्य, अन्य चिकित्सकहरू वरिष्ठ लेजर थेरापिष्ट डा. सुशिला बैद्य, डा. विन्दा बासुकला, डा. श्रीदेवी बासुकला, डा.सुजन धाेंजु, फिजियाेथेरापिष्ट रमेश साँद, दृष्टि बिशेषज्ञ अमर सुवाल, डा.मेघा जाेशी र डा. सुमित शाक्यले स्वास्थ्य परीक्षण गरेका थिए ।

    आई.भि. हेल्थ केयरका अध्यक्ष राजेश्वरी शिल्पकारकाे सभापतित्व एवं ईताछें विनायक साकाेसका सल्लाहकार एवं संविधान सभा सदस्य सत्यलाल मूलकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ मुटुराेग बिशेषज्ञ डा. प्रेमराज बैद्यले मुटुराेग लाग्न नदिन बेलैमा सचेत हुनुपर्ने र स्वस्थकर खानपिनमा ध्यान दिनुपर्नेमा जाेड दिएका थिए । रोग लागेपछि उपचारमा जानु भन्दा रोग लाग्न नदिन सचेत रहनुपर्ने र बेलाबेलामा स्वास्थ्य परिक्षण गरिराख्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका थिए ।

    सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त शिविर आयोजना गरिएको आयोजक संस्था ईताछें विनायक साकाेसका सचिव सुनिल बासुले बताए । संस्थाले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिंदै जाने उनको भनाइ छ ।

    शिविर सञ्चालनलाई सफल बनाउन प्राविधिक सहयाेग उपलव्ध गराउने काममा आई.भि. हेल्थकेयर भक्तपुर, नेपाल हृदयराेग निवारण प्रतिष्ठान भक्तपुर, नेपाल क्षयराेग निवारण संस्था भक्तपुर, नाेभा जेनेटिका, पूजन मेडिसिन डिस्ट्रिव्युटर, सूर्य मगर, ब्लु क्रस, भक्तपुर फिजियाेथेरापि सेन्टर लिवाली, ब्लु क्रस मेडिसिन डिष्ट्रिव्युटर, रविन दहाल तथा स्वास्थ्य सेवाप्रदायकहरुले सेवा पुर्याएका आई. भि.हेल्थकेयरकी सञ्चालक सदस्य अस्मिता किवानायाेले जनाएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...