News Portal

  • मध्यपुर थिमिमा शनिवार रातिदेखि देवीदेवता जागा हुने, अवलोकनका लागि उपराष्ट्रपति पुन आउँदै

    भक्तपुरपोस्ट संवाददाता मध्यपुर थिमि, २८ साउन २०७९
    ४७५ पटक
    मध्यपुर थिमि, २८ साउन २०७९

    उपराष्ट्रपति नन्दबहादुर पुन मध्यपुर थिमिमा आउने भएका छन् । आज शनिवार राति ९ बजे उनी मथिनपा ४ स्थित बालकुमारी मन्दिरमा आउने भएका हुन् ।

    मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा उपराष्ट्रपति पुन बालकुमारी आउन लागेका नगर उपप्रप्रमुख विजय कृष्ण श्रेष्ठले बताए । उक्त अवसरमा उपराष्ट्रपति पुनले ऐतिहासिक लाय्कु भैल: प्याखँ अर्थात लायकू भैरव नाच अवलोकन तथा प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको उनले जानकारी गराए ।

    मध्यपुर थिमिमा शनिवार रातिदेखि देवी देवता जागा हुन्छन । गाईजात्राको भोलिपल्टदेखि ४ रात अर्थात भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म देवी देवता नचाइने परम्परा अनुसार देवीदेवताको नाच शुरु हुन्छ ।

    लायकू दरबारबाट निस्किएर लाय्कु भैल: प्याखँ अर्थात लायकू भैरव नाच बालकुमारी मन्दिर प्राङ्गण लगायत विभिन्न टोलमा ४ दिनसम्म प्रत्येक साँझदेखि राती अबेरसम्म सञ्चालन हुने गर्दछ ।

    भैलः प्याखँमा पाँच जना देवीदेवताले नाच प्रस्तुत गर्ने भए पनि वाद्यवादन, सहयोगी र व्यवस्थापक गरी करिव तीन सय जनाको समूह खटिएका हुन्छन । मध्यपुर थिमिको ऐतिहासिक लाय्कु भैल: प्याखँको बिकास, प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा उपराष्ट्रपति पुनको आगमन महत्वपूर्ण हुने नगरपालिकाले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...