News Portal

  • राष्ट्रपति राष्ट्रको हुने कि एमालेको

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२९ साउन २०७९
    ३२१ पटक
    भक्तपुर,२९ साउन २०७९

    सांसद लीलादेवी सिटौलाले राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा संसद्मा गम्भीर प्रश्न उठाएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा जनता समाजवादी पार्टी (जसपा)की सांसद सिटौलाले राष्ट्रपतिले कानुन प्रमाणीकरण गर्दा समेत कुन पार्टीको सरकारले पठाएको भनेर व्यवहार गर्ने गरेको भन्दै यसले उक्त पदमाथि नै गम्भीर प्रश्न उठाएको बताइन् ।

    उनले केपी शर्मा ओली नेतृत्वको सरकारले संसद्मा नागरिकता विधेयक ल्याए पनि तीन वर्षसम्म रोकेर राखेको भन्दै प्रधानमन्त्रीको कुर्सी हल्लिएपछि अध्यादेश जारी गरेको बताइन् । त्यस्तो बेला ओलीलाई सहयोग गर्न उही दिन अध्यादेशमा लालमोहर लगाइएको भन्दै उनले अहिले त्यही अध्यादेश विधेयकका रूपमा पारित गरेर पठाउँदा राष्ट्रपति भण्डारीले दलीय राजनीति गरेको आरोप लगाइन् ।

    उनले त्यही अध्यादेश विधेयकका रूपमा संसद्बाट पारित गरेर पठाउँदा राष्ट्रपतिले दलीय राजनीति गरिरहेको जिकिर गरिन् । तीन वर्ष काम नगरेको भन्दै ओली र नेकपा एमालेलाई ऐनका विषयमा विमति राख्ने नैतिकता समेत नभएको उनले बताइन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...