News Portal

  • राष्ट्रपतिको आलोचनाप्रति एमालेको आपत्ति

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३१ साउन २०७९
    ३२८ पटक
    भक्तपुर,३१ साउन २०७९

    प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा पूर्नविचार गर्न आग्रहसहित प्रतिनिधीसभामै फिर्ता गरेपछि सत्तारुढ दलका नेताहरूले राष्ट्रपतिको आलोचना गरेकोप्रति आपत्ति जनाएको छ ।

    मंगलबार प्रतिनिधीसभाको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयक फिर्ता गरेको विषयलाई तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेशसँग जोडेर राष्ट्रपतिमाथी आक्रमण गरिएको भन्दै आपत्ति जनाएका हुन् । ओलीले जारी गरेको अध्यादेशसँग राष्ट्रपतिले विधेयक पूर्नविचारका लागि फेरि संसदमै फर्काइदिएको विषयलाई जोडेर दुस्प्रचार नगर्न एमालेले सत्ता पक्षलाई आग्रह गरेको छ । प्रमुख सचेतक भट्टराईले वैवाहिक अंगीकृत नागरिकता पाउने समय सीमा ७ वर्षको राख्नका लागि तयार हुन आग्रह गरेका हुन् ।

    राष्ट्रपति भण्डारीलाई संविधानले नै विधेयक फिर्ता पठाउने अधिकार दिएको तर अध्यादेश सरकारले सिफारिस गरेपछि जारी गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको भट्टराईले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...