प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगका विषयमा अध्ययन गर्न बनेको प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठकले समितिको कार्यविधिको आन्तरिक मस्यौदा तयार गरेको छ ।
समितिको आन्तरिक काम कारबाही व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक भएकाले प्रतिनिधिसभा नियमावली‚ २०७५ को नियम १६३ को उपनियम ९५० ले दिएको अधिकार प्रयोग गरी उक्त कार्यविधि बनाइएको उल्लेख गरिएको छ ।
कार्यविधि बनाउनुअगाडि सत्ता र प्रतिपक्षका समितिमा रहेका सांसदहरूले कति समय लगाउने र कस्तो कार्य तालिका बनाउने भन्नेबारै बहस गरेका थिए । कतिपय सांसदहरूले निर्वाचन सम्मुखमा रहेकाले छिटो काम सकेर चुनाव प्रचारमा जानु पर्ने धारणा राखेका थिए ।