भक्तपुर, ५ भदौ २०७९नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी चिन्तक प्रदीप गिरीले समाज रुपान्तरणका लागि ठूलो योगदान पुर्याएको बताएका छन्। सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्यार्पण गर्दै प्रचण्डले उनी राजनीतिक प्रेरणाको स्रोत भएको बताएका हुन्।
प्रचण्डले देशलाई रुपान्तरणकारी ढंगबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिने सांसद गिरीको निधनले असल राजनीतिज्ञको अभाव खड्किएको बताए। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेता पुगेर गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । गिरीको शनिबार राति निधन भएको थियो।