News Portal

  • निर्वाचनमा एउटै घोषणापत्र बनाउन प्रचण्ड र माधव नेपाल तयार

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,६ भदौ २०७९
    २८७ पटक
    भक्तपुर,६ भदौ २०७९

    नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एउटै घोषणा पत्र बनाउने भएका छन्।

    नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच सोमबार भएको छलफलपछि आगामी चुनावमा एउटै घोषणा पत्र बनाउन तयार भएका हुन्। दुई पार्टीले निर्वाचन अघि एकता संयोजन समितिसमेत घोषणा गर्ने भएका छन्।

    चुनावमा एउटै घोषणा पत्र र एकता संयोजन समिति घोषणा गर्न आफूहरु सहमत भएको नेकपा माओवादी केन्द्रका वरिष्ठ अध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए।

    भेटमा प्रचण्ड र माधव नेपासँगै वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल सहभागी थिए। चुनावअघि पार्टी एकता गर्न समय नपुग्ने भए पनि एकताको सन्देश दिनलाई दुई पार्टीले एकता संयोजन समिति घोषणा गर्न लागेका हुन्।

    २०७४ सालको निर्वाचनअघि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रले एउटै चुनावी घोषणा पत्र तयार पारेका थिए भने निर्वाचनपछि पार्टी एकता गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...