News Portal

  • नेता बस्नेत विरोधीको प्रतिरोध गर्न एमाले भक्तपुरको अपिल

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ भदौ २०७९
    ५८१ पटक
    mahesh basnetभक्तपुर, १६ भदौ २०७९

    नेकपा(एमाले) भक्तपुरले पार्टीका पोलिट्ब्युरो सदस्य एवं भक्तपुर-२ का सांसद महेश बस्नेतको प्रतिरक्षा गर्न अपिल गरेको छ । सामाजिक संजालमा नेता बस्नेतप्रति अफवाह फैलाइएको भन्दै जिल्ला पार्टीले त्यसको प्रतिरोध गर्न अपिल गरेको हो।

    जिल्ला अध्यक्ष वचन देउजाले बिहीवार एक बिज्ञप्ति नै जारी गरि आगामी चुनाव केन्द्रित भएर नेता बस्नेतको चरित्र हत्या गरिएको आरोप लगाएका छन् । ‘आउँदो मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा हार्ने पक्का भएपछि विरोधीहरु नेता महेश बस्नेत विरुद्ध भ्रम छर्न लागेका छन् ।’ अध्यक्ष वचन देउजाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    पूर्व मन्त्री समेत रहेका नेता बस्नेत पछिल्लो समय काठमाडौ महानगरका मेयर बालेन्द्र साहको आलोचना गरेपछि सामाजिक संजालको निसानामा रहेका छन् भने एमाले भित्रै बस्नेत बिरोधीको व्यंग्य खान बाध्य बनेका छन् । त्यस्तै उनले कुटाइ खाएको भन्दै एक भ्रामक र अनाधिकृत भिडियो भाइरल बन्दा उनी तनावमा रहेका छन् । बिहीबार नेकपा(एमाले) भक्तपुरको विज्ञप्तिमा उक्त भिडियो भाइरल गराउनेलाई कडा कार्वाही गर्न सरकारसंग माग समेत गरिएको छ ।

    UML Bhaktapur

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...