भक्तपुर,१८ भदौ २०७९नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कर्याकर्तालाई गड्यौला जस्तो होइन, सर्पजस्तो बन्न निर्देशन दिएका छन्। शनिबार सुनसरीको दुहबीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
अध्यक्ष ओलीले एमालेका विरोधीविरुद्ध छुनासाथ लल्याकलुलुक हुने गड्यौंलाजस्तो नभई सर्पजस्तो डस्ने बन्न निर्देशन दिएका हुन्। उनले आगामी निर्वाचनमा त्यसो हुन नदिन एमाले कार्यकर्ताहरू अहिलेदेखि नै सचेत हुनुपर्ने बताए। उनले प्रहरी र प्रशासनलाई पनि कुनै व्यक्ति र पार्टीका पक्षमा नलाग्न अनुरोध गरे। राज्यको तनखा खाएका हुनले प्रहरी प्रशानस राज्य हितको पक्षमा लाग्ने उनले विश्वास व्यक्त गरेका छन् ।
उनले आगामी मंसिर ४ को निर्वाचनमा बाकस सट्न र बुथ कब्जा गर्ने्तर्फ नलाग्न प्रहरीलाई आग्रह गरे। साथै मङ्सिर ४ गतेको निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउने पनि उनले दाबी गरे।