नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कर्याकर्तालाई गड्यौला जस्तो होइन, सर्पजस्तो बन्न निर्देशन दिएका छन्। शनिबार सुनसरीको दुहबीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
अध्यक्ष ओलीले एमालेका विरोधीविरुद्ध छुनासाथ लल्याकलुलुक हुने गड्यौंलाजस्तो नभई सर्पजस्तो डस्ने बन्न निर्देशन दिएका हुन्। उनले आगामी निर्वाचनमा त्यसो हुन नदिन एमाले कार्यकर्ताहरू अहिलेदेखि नै सचेत हुनुपर्ने बताए। उनले प्रहरी र प्रशासनलाई पनि कुनै व्यक्ति र पार्टीका पक्षमा नलाग्न अनुरोध गरे। राज्यको तनखा खाएका हुनले प्रहरी प्रशानस राज्य हितको पक्षमा लाग्ने उनले विश्वास व्यक्त गरेका छन् ।
उनले आगामी मंसिर ४ को निर्वाचनमा बाकस सट्न र बुथ कब्जा गर्ने्तर्फ नलाग्न प्रहरीलाई आग्रह गरे। साथै मङ्सिर ४ गतेको निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउने पनि उनले दाबी गरे।