News Portal

  • पर्यटनमन्त्री श्रेष्ठले सार्वजनिकरूपमा माफी माग्नुपर्छः सासंद विमला पौड्याल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२१ भदौ २०७९
    ३२९ पटक
    भक्तपुर,२१ भदौ २०७९

    राष्ट्रिय सभा सदस्य डा विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिकरूपमा माफी माग्नुपर्ने माग गरेकी छन् । आज मङ्गलवार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षा गार्डप्रति अमानवीय व्यवहार गरेको भन्दै त्यसप्रति सार्वजनिकरूपमा माफी माग्नुपर्ने उनको भनाइ थियो ।

    मन्त्रीको यस्तो व्यवहार अस्वीकार्य हुने भन्दै नागरिकले तिरेको करबाट सेवा सुविधा लिनेहरू शासक नभइ सेवक भएको पनि स्मरण गराइन् । सांसदहरूले विधि बनाउने भन्दै उनले विधि उल्लङ्घन गर्ने पनि उनै विधि बनाउनेहरू नै भएको टिप्पणी गरिन् । यस प्रकारको घटना पुनः नदोहोरियोस् भन्नका लागि पौड्यालले सरकारको ध्यानाकर्षण पनि गराएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...