News Portal

  • अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्छः प्रचण्ड

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२६ भदौ २०७९
    २५० पटक
    भक्तपुर,२६ भदौ २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताएका छन् । आज आइतवार काठमाण्डौमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताएका हुन् ।

    उनले देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताए । कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरूको विकास गर्ने कुरा नेपाल र नेपालीका लागि सबैभन्दा महत्त्वपूर्ण र चिन्ताको विषय रहेको उनको भनाइ छ ।

    अध्यक्ष दाहालले कृषिपछि जलविद्युत्, पर्यटन, जडीबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए। उनले धन, सम्पत्ति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै समाजलाई सभ्य बनाउने गरी, संसारमा नेपालीको आत्मसम्मान हुने गरी सम्पत्ति आर्जन गर्न युवालाई आग्रह गरे। आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिका लागि व्यतित गर्ने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...

    आज पत्रकार महासंघ भक्तपुरको २८ औं स्थापना दिवस

    नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा स्थापनाको २८ वर्ष पुगेको छ । २८ वर्ष अघि...

    भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प

    भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प गएको छ । मंगलबार बिहान ६:५०  बजेको समयमा ठूलो धक्क्का...