News Portal

  • चिनियाँ उच्च पदस्त अधिकारी लीको भक्तपुर भ्रमण सफल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२९ भदौ २०७९
    ५०२ पटक
    lee chinaभक्तपुर,२९ भदौ २०७९

    जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चा·शुले भक्तपुरको भ्रमण गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका लीले बुधवार बिहान भक्तपुरको भ्रमण गरेका हुन् ।

    संघीय सांसद प्रेम सुवाल, बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाई, नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुर सिडिओ रुद्रादेवी शर्मा लगायतले खौमास्थित भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा अध्यक्ष लीलाई स्वागत गरेका थिए । अध्यक्ष लीको सम्मानमा भक्तपुर नगरपालिकाले विशेष कार्यक्रम आयोजना गरेको थियो ।

    अध्यक्ष चा·शु सम्मिलित करिब ७० जनाको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित रामेश्वर मन्दिर, द्वारिकानाथ मन्दिर, बसन्तपुर दरबार, केदारनाथ मन्दिर, राष्ट्रिय कला संग्रहालय भवन, लुँ ध्वाका, पच्पन्न झ्याल दरबार, वत्सला मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, लापां देग, तब सत्तल, सिलु महादेव मन्दिर, चतुब्रम्ह महाविहारबाट पैदल यात्रा गर्दै टौमढीको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको रुचिपूर्वक अवलोकन गरेका थिए । प्रतिनिधिमण्डल टोलीको स्वागतमा केदारनाथसँगैको डबलीमा भैल प्याखं प्रदर्शन गरिएको थियो ।उनले भक्तपुरको प्रख्यात भैल प्याखंलाई अत्यन्त चासो लिएर अवलोकन गरेका थिए ।

    अध्यक्ष चा·शुुले चीनमा पनि सयौं वर्ष पुराना संस्कृतिहरु जीवन्त रहेको जानकारी गराउदै भक्तपुरको सम्पदा संरक्षणको अवस्थाबाट आफू प्रभावित भएको बताएका थिए । उक्त अवसरमा अध्यक्ष ली चा·शुले सांसद सुवाल र नगर प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गरेका थिए भने सांसद सुवाल र प्रमुख प्रजापतिले अध्यक्ष चा·शुलाई ‘मयुरको झ्याल’ र पार्टी तथा नगरपालिकाका प्रकाशनहरु मायाको चिनोको रुपमा प्रदान गरेका थिए ।

    चिनियाँ उच्च पदस्त अधिकारी लीको भक्तपुर भ्रमण सफल गराउन सकेको नगर प्रप्रमुख सुनिल प्रजापतिले प्रतिक्रिया दिएका छन । यसले दुई देशको सम्बन्ध सुमधुर हुने मात्र नभई चिनियाँ पर्यटक भित्राउन पनि महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे । भ्रमणका क्रममा स्थानीयलाई आवागमनका केही असहजता भएपनि स्थानीयले त्यसलाई सहन गर्दै स्वागतमा सहभागी भएको भन्दै भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माले धन्यवाद दिएकी छन् ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...