News Portal

  • निर्वाचन आचारसंहिता संशोधन गर्न नहुने एमालेको धारणा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२९ भदौ २०७९
    २७७ पटक
    भक्तपुर,२९ भदौ २०७९

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकाले संशोधन गर्न नहुने धारणा राखेको छ ।

    निर्वाचन आयोगको बुधबारको छलफलमा सत्तारूढ दलले प्रधानमन्त्री र मन्त्रीहरू आफू उमेदवार भएको क्षेत्रबाहेक अन्यत्र चुनाव प्रचारप्रचारमा जान नपाउने आचारसंहितामा संशोधन गर्न माग राखेका थिए । एमालेले भने सो विषय सही भएपनि संशोधन गर्न नहुने धारणा राखेको हो ।

    एमाले निर्वाचन विभागका सचिव केदार कोइरालाले स्थानीय निर्वाचनको आचारसंहितामा सत्ता पक्षले सुटुक्क हस्ताक्षर गरेको आरोप लगाएका छन् ।

    निर्वाचन प्रचारमा जान रोक्नु मान्यताविपरीत भएपनि निर्वाचनको निष्पक्षतामा प्रभाव पार्ने भएकाले अब आचारसंहिता संशोधन गर्न नहुने उनको भनाइ छ ।

    भदौ २७ गते संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री र मन्त्रीले चुनाव प्रचारमा जान नपाउने विषय संसदीय प्रणालीको मूल्य र मान्यताको विपरीत भन्दै आपत्ति जनाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...