News Portal

  • एमालेमा नयाँ अनुहारलाई प्राथमिकता

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३ असोज २०७९
    ३५९ पटक
    भक्तपुर,३ असोज २०७९

    नेकपा एमालेले समानुपातिक उम्मेदवारहरुको टुंगो लगाउने क्रममा धेरै भन्दा धेरै नयाँ अनुहारलाई प्राथमिकता दिएको छ । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको सूची टुंगो लगाउने क्रममा नयाँ अनुहारलाई प्राथमिकता दिएको स्रोतले जनाएको छ ।

    यसैगरी अर्को पार्टी छाडेर आएका नेताहरुलाई पनि राखिएको छ । धेरै जसो महिलाहरुलाई पनि समावेश गरिएको स्रोतले जनाएको छ । ‘केन्द्रीय सदस्यहरु प्रत्यक्षमा चुनाव लड्न आकांक्षा देखाएकाले उहाँहरुलाई समानुपातिकमा राखिएको छैन तर जनजाती, महिला, दलित सबै प्रकारको क्लष्टरलाई ध्यान दिइएको जनाइएको छ ।

    सचिवालय बैठकपछि एमालेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निर्वाचनका लागि २२० जनाको नामलिष्ट तयार गरेको जानकारी दिएका थिए । आगामी निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४० प्रतिशत हुने समानुपातिक उम्मेदवारको नाम पारित गरेको उनले जानकारी दिए । ११० जनाको नाम प्रस्ताव गरिएको र त्यसमा ५७ जना महिला हुने उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...