पूर्वन्यायाधीश बलराम केसीले राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रपतिले संविधानका धेरैवटा धारा राष्ट्रपतिबाट एकसाथ उल्लंघन भएको उल्लेख गर्दै राजीनामाको विकल्प नभएको बताए ।
उनले संविधान दिवसको दिनमा शुभकामना दिएर भोलिपल्ट संविधानका धारा एकैपल्ट उल्लंघन गरेर ‘कालो दिन’को रुपमा स्मरण गराएको बताए ।
उनले परमादेशको माग गर्दै सर्वोच्चमा जानुपर्ने र सर्वोच्चबाट न्यायको माग गर्नुपर्ने अवस्था आएको बताए ।