News Portal

  • भक्तपुरमा आगलागीले लियो एकको ज्यान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० कार्तिक २०७९
    ५२१२ पटक
     भक्तपुर, ३० कार्तिक २०७९

    भक्तपुरमा बुधबार आगलागी परेर एक जनाले ज्यान गुमाएका छन् । मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ राइटोल नजिकै भएको आगलिमा २५ वर्षकी अस्मिता केसीलीले ज्यान गुमाएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिएका हुन् ।

    आत्मराम केसी र हरिशरण केसीको ३ तल्ले कच्ची घरमा बिहान ७:४६ मा आचानक आगलागी भएको थियो ।

    प्रहरीको जानकारी अनुसार आगलागीमा ज्यान गुमाउने आत्मरामकी छोरी सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको थियो ।

    आगलागी हुँदा घरभित्रै रहेकी १४ वर्षकी नित्मा केसीलाई भने सकुशल उद्धार गरी अस्पताल लगिएको र उनी अहिले डिस्चार्जसमेत भइसकेको प्रहरीले जनाए । घटनाको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...