News Portal

  • देउवा, ओली, प्रचण्ड र माधव नेपालको निर्वाचन क्षेत्रमा अझै सुरु हुन सकेन मतगणना

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ५ मंसिर २०७९
    ३०५ पटक
    भक्तपुर, ५ मंसिर २०७९

    सोमबार बिहानैदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । अहिलेसम्म १५ निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ ।

    प्रारम्भिक नतिजाअनुसार एमाले ६, कांग्रेस चार, राष्ट्रिय स्वतन्त्र पार्टी तीन, जनमत पार्टीले एक स्थानमा अग्रता हासिल गरेका छन् । तर, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका अध्यक्षका निर्वाचन क्षेत्रमा भने मतगणना सुरु भइसकेको छैन ।

    मतपेटिका संकलन कार्य जारी रहेको भन्दै डडेल्धुरामा सोमबार दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भएको छ । डडेल्धुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार छन् । उनीसँग कांग्रेस बीपीका कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकाल प्रतिस्पर्धामा छन् ।

    एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पनि मतगणना सुरु नै हुन सकेको छैन । सो क्षेत्रमा मतगणनाका लागि सर्वदलीय बैठकसमेत बस्न सकेको छैन । झापा ५ कांग्रेसका डा.खगेन्द्र पाण्डव अधिकारी, स्वतन्त्र उम्मेदवार युग पाठक प्रतिस्पर्धामा छन् ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखा २ मा भने लफडा सुरु भएको छ । एमालेले धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन उजुरी दिएकाले त्यहाँ गणना हुन नसकेको हो । गोरखा २ मा एमालेबाट अब्दुस मिया उम्मेदवार छन् ।

    माधवकुमार नेपालको निर्वाचन क्षेत्र रौतहट १ मा पनि मतगणना सुरु भएको छैन । दिउँसोबाट सुरु हुने गणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी छ । नेपाललाई एमाले उम्मेदवार अजय गुप्ताले टक्कर दिएका छन् ।

    जसपा अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरी २ मा भने मतगणना सुरु भएको छ । अहिलेसम्म सो क्षेत्रमा जनमत पार्टीका सीके राउतले अग्रता हासिल गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...