News Portal

  • थिमीमा सवारी दुर्घटना, २८ वर्षिय युवकको निधन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ मङ्सिर २०७९
    १६५६ पटक
    भक्तपुर, १२ मङ्सिर २०७९

    भक्तपुरको ठिमीमा सवारी दुर्घटना हुँदा मोटरसाइकाल चालकको मृत्यु भएको छ भने सोहि मोटरसाईकलमा सवार अर्का व्यक्ति भने घाइते भएका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाईकल चालकलाई मध्यपुर ठिमी अस्पताल लगिएको थियो । उपचारकै क्रममा भक्तपुरको क्वाँछेमा बस्ने २८ वर्षीय मोटरसाईकल चालक सिजन फसिकवाको मृत्यु भएको हो । सोहि मोटरसाईकलमा सवार अर्का घाइते ३२ वर्षीय सुनिल ग्वाछाको मध्यपुर ठिमी अस्पताल मै उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    आइतबार राती ११:१५ बजे दुवाकोटबाट पुरानोठिमीतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च. ४२९३ नं. को महिन्द्र मक्सिमो गाडी र विपरित दिशाबाट जाँदै गरेको बा. १० प. ९५०८ नं. को मोटरसाईकल पुरानोठिमी हुकाम ओरालोमा पुग्दा एक-आपसमा ठोकिएका थिए ।

    दुर्घटनामा संलग्न भएका सवारी साधनहरु प्रहरीले नियन्त्रण लिएको सूचना अधिकारी रहेका डिएसपी राजु पाण्डेले जनाएका छन् । उनका अनुसार दुर्घटनामा संलग्न महिन्द्र मक्सिमो गाडीका चालक २७ वर्षीय दाताराम पहाडीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । सिन्धुली फिक्कल गाउँ पालिकामा स्थाई घर भएका पहाडी हाल भक्तपुरको दुवाकोटमा बस्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...