News Portal

  • भक्तपुरबाट समानुपातिक उम्मेदवार रहेका देवेन्द्र श्रेष्ठ निर्वाचित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ मंसिर २०७९
    ११८३ पटक
    भक्तपुर, २४ मंसिर २०७९

    बागमती प्रदेश सभा सदस्यको लागि भक्तपुरबाट समानुपातिक उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र श्रेष्ठ दिवाकर निर्वाचित भएका छन् । बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुन सफल श्रेष्ठ नेकपा(माओवादी केन्द्र)का जनयुद्धकालीन नेता एवं हाल पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर सह इन्चार्ज हुन् ।

    बागमती प्रदेश सभा सदस्यका लागि माओवादी केन्द्रका तर्फबाट भक्तपुरमा देवेन्द्र श्रेष्ठ र भुवनकेशरी श्रेष्ठ (भावना) समानुपातिक उम्मेदवार रहेका थिए । समानुपातिक मतपरिणाम अनुसार देवेन्द्र श्रेष्ठ निर्वाचित हुनेभएका माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पुष्टि गरे । भावना भने निर्वाचित हुन सक्ने अवस्था नरहेको उनले भक्तपुर पोस्टलाई जानकारी गराए । पार्टीले शनिबार अन्तिम टुंगो लगाउदै निर्वाचन आयोगलाई भक्तपुरबाट देवेन्द्रको मात्र नाम दिएको हो ।यद्यपि निर्वाचन आयोगले परिणाम भने सार्वजनिक गरेको छैन । बागमती प्रदेशमा माओवादी केन्द्रले २ लाख ९० हजार ७ सय २३ मत प्राप्त गरी तेस्रो लोकप्रिय मत हासिल गरेको छ ।

    देवेन्द्र पार्टीको सामानुपातिक सूचिको पहिलो नम्बरमा रहेका थिए । तत्कालिन माओवादी जनयुद्धका ‘वैज्ञानिक’का रुपमा समेत परिचित उनले जनयुद्धकालीन हातहतियार र प्रविधि निर्माणमा नेतृत्व गरेका थिए । जनयुद्धमा पुरै परिवार नै होमिएकोले देवेन्द्रको परिवारबाट तत्कालिन राज्य पक्षले भाइ र ज्वाइलाइ बेपत्ता बनाएको छ । माओवादीमा सतिसाल झैँ उभिएका उनी भक्तपुरमा सादगी र इमान्दार नेताको रुपमा पनि परिचित छन् । नेपाल सरकारले उनलाई उनले गरेको जनसेवाको लागि जनसेवा श्री (पंचम) द्वारा विभूषित समेत गरेको छ ।  देवेन्द्रले पहिलो संविधान सभाको निर्वाचनमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंलाई कडा टक्कर दिदा थोरै मतान्तरले मात्र बिजुक्छेले जित हासिल गर्न सफल भएका थिए ।यस पटक उनी निर्वाचित भए संगै भक्तपुरका माओवादीहरु उत्साहित भएका छन् । उनको कार्यकालले भक्तपुरमा माओवादीको पुनरुत्थान हुने माओवादी वृत्तमा बिश्वास रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...