News Portal

  • काँग्रेसका नेताहरुलाई कार्वाहीको सिफारिस

    इभक्तपुर संवाददाता
    २१४ पटक

    नेपाली काँग्रेस काभ्रेले निर्वाचनमा अन्तरघात गरेको निष्कर्ष सहित जिल्लाका दुई केन्द्रीय सदस्य र क्षेत्रिय सभापतिसहितका नेताहरुलाई कार्वाहीको सिफारिस गरेको छ । शनिबार बसेको बैठकले कार्वाहीको सिफारिस गरेको हो ।

    नेपाली कांंग्रेस काभ्रेका अनुसार केन्द्रीय सदस्य द्वय मधु आचार्य र गणेश लामा त्यसैगरी मेयर महेश खरेल लगायतले निर्वाचन प्रचार अभियानमा साथ नदिएको र विपक्षी उम्मेदवारलाई मत मागेको भन्दै कारबाहीको लागि केन्द्रमा बैठकले सिफारिस गरेको छ ।

    केन्द्रीय सदस्य आचार्यले नेकपा एमालेका नेता गोकुल बाँस्कोटा जिताउने लागेको उनीहरुमाथि आरोप लागेको छ । आफ्नो पार्टीका उम्मेदवारलाई मत माग्न छोडेर भित्रभित्रै बाँस्कोटालाई जिताउन लागेको काँग्रेस काभ्रेको आरोप लगाएको छ ।

    पार्टीकाे प्रचारमा नगएर काँग्रेसका स्थानीय कार्यकर्ता, वडा सभापति र वडा अध्यक्षहरूको बैठक नै बोलाएर बाँस्कोटालाई मतदान गर्न दबाब दिएको र अन्य किसिमका प्रलोभन बाँडेको आरोप सहित कांग्रेस काभ्रेको वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति, क्षेत्रीय समिति मार्फत जिल्ला अनुशासन समितिमा समेत उजुरी परेको थियो ।

    यता केन्द्रीय सदस्य लामाले निर्वाचन अभियानमा उपस्थित नभएको, आफू निकटका कार्यकर्तालाई सूर्य चिन्हमा मतदान गर्न र नसके हलोमा मत माग्न लगाएको, सार्वजनिक रूपमा एमाले उम्मेदवार चन्द्र लामालाई जिताउनु आह्वान गर्दै पार्टी सभापति तीर्थ लामा विरुद्ध लागेको आरोपसहित उजुरी परेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...