News Portal

  • माओवादी केन्द्रको बैठक दिउँसो २ बजे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ पुस २०७९
    १९० पटक
     भक्तपुर, ३ पुस २०७९

    नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्दै छ । पदाधिकारी बैठकका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको माओवादी केन्द्रले जनाएको छ ।

    महासचिव देव गुरुङका अनुसार नयाँ सरकार गठन र संसदीय दलको नेता छान्ने विषयमा आजको बैठकमा छलफल केन्द्रित हुनेछ । ‘समसामयिक विषयमा छलफल गर्नका लागि बैठक बोलाएका हौं,’ गुरुङले भने, ‘सरकार गठनको बेला छ, संसदीय दलबारे छलफल हुन्छ ।’

    माओवादी केन्द्रमा संसदीय दलको नेताका लागि विवाद छैन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत दलको नेता चुनिने भएपनि सरकार गठन लगायतका अन्य विषयमा छलफल गर्नका लागि बैठक आह्वान भएको हो ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...