News Portal

  • अन्तर्राष्ट्रिय प्रतिस्पर्धा उत्रिन सक्षम विद्यार्थी बनाउन वागीश्वरी कलेज सधैँ अग्रसर

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ पुस २०७९
    ४९६ पटक
    भक्तपुर, ७ पुस २०७९

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन वागीश्वरी कलेज सधैँ अग्रसर रहेको बताएका छन् । बुधबार वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा बीबीए कार्यक्रममा भर्ना भएका विद्यँर्थीहरुको अभिमुखीकरण कार्यक्रम सो कुरा बताएका हुन् ।

    पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुने यस कलेजको उक्त कार्यक्रममा प्रमुख अतिथि कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले वागीश्वरी सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको जानकारी दिंदै विद्यार्थीहरुलाई देशभक्त, अनुशासित बनाउन समेत अग्रसर रहेको बताए ।

    कुनै पनि विदेशी दातृ संस्थाको सशर्त अनुदानलाई अस्वीकार गर्दै आत्मनिर्भरताको सिद्धान्तमा जोड दिई अगाडि बढेको भक्तपुरले धनीले मात्र पाउने शिक्षा र स्वास्थ्य सुविधा काम गरी खाने जनताको पहुँचमा पुर्याउन लागि परेको उनले बताए ।

    भारतीय शैक्षिक संस्थामा भर्ना खुल्ने समयमा नेपालका शैक्षिक संस्थाहरुमा बन्द, हड्ताल, तालाबन्दी जस्ता गैरराजनैतिक गतिविधि गर्ने ठूला दलका विद्यार्थी सङ्गठनहरुका कारण नेपाली विद्यार्थीहरुले नेपालको शैक्षिक व्यवस्थाप्रति वितृष्णा जगाएको प्रष्ट पार्दै उनले भने, “विद्यार्थीहरुले पढाइका साथसाथै समाजलाई बुझी समाज रुपान्तरणको लागि योगदान गर्नु आवश्यक छ ।”

    त्रिभुवन विश्वविद्यालय एमबीए एमबीएम केन्द्रीय व्यवस्थापन विभागका सहायक निर्देशक डा. बलराम दुवालले भने, “बीबीए कार्यक्रमलाई बैंकमा जागिर खाने सङ्कायको रुपमा मात्र नलिई उद्यमीको क्षेत्रमा नवप्रवद्र्धनको लागि आफू तयार हुन अध्ययन गरेको बुझ्नुपर्छ ।”

    वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीको इतिहासबारे जानकारी दिंदै आत्मनिर्भरता नै प्रगतिको लक्षण बएको बताए ।

    वागीश्वरी कलेज अफ म्यानेज्मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, शिक्षक बब्लुकुमार राउतलगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...