News Portal

  • अब अनलाइनबाटै किन्न सकिन्छ घर

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, ७ पुस २०७९
    ३४४ पटक
     काठमाडौं, ७ पुस २०७९

    एसवाई बजार एपमार्फत् अब घर किन्न पाउने भएका छन् । एसवाई बजारले कोरियन प्रविधिको विभिन्न डिजाइनका घर किन्ने सुविधा ल्याएसँगै अब अनलाइनबाटै घर किन्न सक्ने भएका हुन् ।

    नेपालमा स्थापित हुँदै गइरहेको कोरियन प्रविधिको एसवाई प्यानल विश्वको उत्कृष्ट भवन निर्माण सामग्री उत्पादन गर्ने कोरियन कम्पनी हो । भूकम्प प्रतिरोधी तथा अन्य बिभिन्न भवनको लागि प्रयोग गर्ने प्यानलहरु सस्तो,बलियो र अत्याधिक इन्सुलेसनयुक्त हुन्छ ।

    ‘यो घर हामीले हाम्रो आफ्नै फ्याक्ट्रीमा निर्माण गर्छौ’ एसवाई नेपालका महाप्रबन्धक शशी साहले भने, ‘अनलाइनबाट अर्डर आएपछि हामी रेडिमेड घर लगेर दिन्छौँ ।’ उनका अनुसार कन्टेनर हाउस, एक तला, दुई तला घर अनलाइनबाट किन्न सकिनेछ ।

    यो प्रविधि कोरिया,युरोप लगायत पश्चिमी राष्ट्रहरुमा अत्याधिक प्रयोग भएको छ । भुकम्प प्रतिरोधी, सस्तो, कम तौल लगायत निर्माण तथा ब्यबस्थापनमा सजिलो रहेको यस प्यानलबाट निर्मित घरले तातो ,चिसो तापक्रमको असरबाट छुटकारा दिनुका साथै यो घर विभिन्न रङ,साइज तथा आकर्षक डिजाइनमा उपलब्ध हुने कम्पनीका महाप्रबन्धक शशी साहले जानकारी दिएका छन् ।

    यो घर https://www.sybazzar.com/product-section/SY-Pannel-Construction मा गएर किन्न सक्नुहुन्छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...