News Portal

  • ऐन बनाउन भक्तपुरका दुई सांसदलाई कर्मचारी युनियनको कलम

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ पुस २०७९
    ६६७ पटक
    durlav भक्तपुर, ८ पुस २०७९

    निजामती सेवा ऐन लेख्न भक्तपुरबाट प्रतिनिधि सभामा पुग्न सफल दुई सदस्यलाई कर्मचारीले कलम उपहार दिएका छन् । नेपाली काँग्रेसका तर्फबाट प्रनिनिधि सभा सदस्य हुन सफल दुर्लभ थापा र रमा पौडेल कोइरालालाई कलम उपहार दिइएको हो ।

    शुक्रवार नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, भक्तपुरद्वारा नवनिर्वाचित सांसदहरुलाई बधाई एवं शुभकामना ज्ञापन गर्न आयोजित कार्यक्रममा युनियनका जिल्ला अध्यक्ष सुरज पौडेलले उनीहरुलाई कलम दिएका हुन् । अध्यक्ष पौडेलले स्थायी सरकारको रुपमा रहेको निजामति सेवालाई प्रभावकारी बनाउन संघीय निजामति सेवा ऐनको आवश्यकतामाथि प्रकाश पार्दै सांसदद्वय थापा र कोइरालाको उल्लेखनीय सहयोग हुने अपेक्षा समेत गरे । मुलुकको स्थायी सरकारको रुपमा लिइने निजामती सेवा संचालन सम्बन्धी ऐन बन्न नसक्दा समग्र सार्वजनिक प्रशासन नै अन्योलग्रस्त अवस्थामा पुगेको उनले गुनासो गरेका थिए ।

    कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले कर्मचारी युनियनको मात्र नभई अन्य कर्मचारी संघ र संगठनका समेत अन्यायमा परेका कर्मचारीको पक्षमा आफू उभिने प्रतिवद्धता प्रकट गर्दै संघीय निजामती सेवा ऐन बनाउन सक्रिय रुपले लाग्ने बताए । काँग्रेस लोकतन्त्रमा बिश्वास गर्ने पार्टी भएकोले काँग्रेस निकट कर्मचारी युनियनले जनताका काममा आलटाल नगरी छिटो, छरितो र मुस्कान सहितको सेवा दिन उनले निर्देशन समेत दिएका थिए ।

    त्यसैगरी प्रतिनिधि सभामा समानुपातिक तर्फबाट सदस्य बन्न सफल रमा पौडेल कोइरालाले आफू ट्रेड युनियनमा ३ दशक लामो समय संघर्ष गर्दै श्रमको पक्षमा लागेकै कारण प्रतिनिधि सभामा पुग्न सफल भएको भन्दै आफ्नो तर्फबाट कर्मचारी वर्गलाई सदैव साथ र सहयोग रहने आश्वासन दिएकी थिइन् ।

    उक्त अवसरमा युनियनमा आवद्ध कर्मचारीहरुले प्रतिनिधि सभा सदस्य थापा र कोइरालाका साथै बागमती प्रदेश सभा सदस्य भएका सुरेश श्रेष्ठलाई बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा निवर्तमान जिल्ला अध्यक्ष विजय धौभडेलले सांसदहरुको कार्यकाल सफल बनाउन युनियनले आफ्नो योग्यता, क्षमता र अनुभवले भ्याएसम्म सहयोग गर्ने बताएका थिए ।

    सचिव बद्री प्रसाद नेपालले संचालन गरेको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश अध्यक्ष श्रीराम लम्साल, स्थानीय तहका नेता युवराज भट्ट, नेपाली काँग्रेस भक्तपुरका प्रवक्ता प्रधान लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...