News Portal

  • भक्तपुरको जुजु धौ भनेपछि हुरुक्कै हुने गर्छन् सञ्जय साई बाबा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ पुस २०७९
    ७३७ पटक
    sanjaya sai babaभक्तपुर, ८ पुस २०७९

    समाजमा नकारात्मकता बढ्दै गएको प्रति सञ्जय साई बाबाले चिन्ता व्यक्त गरेका छन् । काम गर्नेका बिरुद्ध अनेकथरी कुरा काट्ने तर आफू केही पनि नगर्ने प्रवित्ति बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । त्यतिमात्र होइन, उनले सरकार र राज्यले पनि समाज सेवा गर्नेहरुलाई प्रेरित गर्न नसक्दा देशमा मानवीय मूल्यमान्यता ओझेलमा परेकोप्रति दुख व्यक्त गरे।

    भक्तपुरको सिद्धि स्मृती अस्पतालमा बिहीवार बिशेष सम्बोधन गर्दै उनले मानव सेवा नै माधव सेवा भएको भन्दै सेवा गर्ने हातमै भगवान भेटिने दावी गरे । भगवानको अवतार समेत मानिने सञ्जय साई बाबाले अध्यात्मको नाममा जपतप, ध्यान र योगमा लिप्त हुन नपर्नेमा जोड दिंदै मानव सेवामै भगवान भेटिने दावी गरेका हुन् । उनले आफू भगवान नभई मानिस नै भएको र हरेक मानिस जस्तै सुखदु:खको सहयात्री भएको स्पष्ट पारे । आफूले भनेको भए भगवान वा गुरु भन्दै जयजयकार गर्ने र त्यसो नभए नास्तिकता तर्फ लाग्ने पनि स्वार्थको रुप भएको जानकारी गराउदै उनले भगवान चिन्न मानिस पनि ऋषिमुनि जस्तै निस्वार्थ र सम्पूर्ण जगतको हित चिन्तक हुनुपर्ने बिचार व्यक्त गरे ।

    कुनै शुल्क नलाग्ने विद्यालय र कुनै शुल्क नलाग्ने अस्पताल संचालन गर्नुपर्नेमा जोड दिंदै उनले यसमा राज्यले नसके जनताले सकेको सहयोग गर्दै अघि बढ्नुपर्ने सुझाव दिए । भक्तपुरमा आफ्नो पुत्र वियोगमा परेका श्यामसुन्दर धौभडेलको दम्पत्तीले छोराको स्मृतीमा अस्पताल मार्फत मानव सेवा गरिरहेको बाट सबैले सिक्नुपर्ने र प्रेरणा लिनुपर्ने उनले बताए । पैसा भएर मात्र सेवा गर्न नसकिने स्पष्ट पार्दै उनले मानव सेवा जीवनको अमूल्य सम्पत्तीको रुपमा दीर्घकाल सम्म रहने बिचार व्यक्त गरे ।शुरु आफैबाट गर्नुपर्ने भन्दै उनले अरुबाट लिने भन्दा अरुलाई दिनसक्नुपर्नेमा जोड दिए । मानव सेवाको धर्म निभाउनेले सेवाको प्रचार गर्न नहुने पनि उनको भनाइ छ ।

    सञ्जय साई बाबा धार्मिक, सामाजिक एवं मानवीय सेवाका बिबिध अभियान चलाइरहेका मानव धर्मका गुरु मानिन्छन । ३५ वर्षीय सञ्जय साई बाबाप्रति आस्था राख्नेहरु उनलाई भगवानका रुपमा पुज्ने गर्दछन ।

    बिहीवार भने उनले आफू भगवान नभएको मात्र भनेनन्, आफू नेवार भएको र भक्तपुरको जुजु धौ भनेपछि हुरुक्कै हुने खुलासा समेत गरे । भक्तपुरको महाकाली नांच आफूलाई असाध्यै मनपर्ने पनि उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...