News Portal

  • नयाँ सरकार गठन गर्ने आज अन्तिम दिन, होला त सहमति ?

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १० पुस २०७९
    ४२२ पटक
    भक्तपुर, १० पुस २०७९

    आज नयाँ सरकार गठनका लागि सहमति जुटाउने अन्तिम दिन दलहरुले सहमतिको प्रयास जारी राखेका छन् । सहमतिको बिन्दु निकाल्न सत्ता गठबन्धनको निर्णायक बैठक आज पनि बस्दै छ ।

    सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अहिले बिहान १० बजेसम्ममा गठबन्धनको बैठक बस्ने जानकारी दिए । बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्नेछ ।

    नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज साँझ ५ बजे सकिँदै छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन् ।

    नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा पदमा नियुक्ति गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार साँझ ५ बजे भित्र दाबी पेस गर्न दलहरूलाई आह्वान गरेकी हुन् ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...