News Portal

  • एमाले लगायत ७ दलको समर्थनमा प्रचण्डद्वारा सरकार गठनका लागि दाबी पेश

    भक्तपुर, १० पुस २०७९
    ३८० पटक
    भक्तपुर, १० पुस २०७९

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवास पुगी उनले विद्यादेवी भण्डारी समक्ष आफ्नो नेतृत्वमा सरकार गठनका लागि दावी पेश गरेका हुन् ।

    उनले माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन पेश गरेका छन् ।

    गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलको बहुमत नआएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार बेलुकी ५ बजेसम्मको समय सीमा दिएर सरकार गठन गर्न आह्वान गरेकी थिइन् । प्रचण्डको नेतृत्वमा बहुमत सांसदको हस्ताक्षरसहितको पत्र आइसकेको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिएका छन् ।

    ५ दलीय गठबन्धन बनाएर निर्वाचनमा सहभागी भएपनि नेपाली काँग्रेसले आफ्नै सभापति शेर बहादुर देउवाको नेतृत्व अडान नछाडे पछि नयाँ सत्ता समीकरण बनेको हो । नयाँ गठबन्धन बने संगै फेरी एकपटक प्रचण्डले नेपालको राजनीति आफ्नै केन्द्रमा रहेको पुष्टि गर्न सफल भएका छन् भने देशले प्रचण्डको नेतृत्वमा सरकार पाउने पक्कापक्क्की भएको छ ।

    यस्तो छ प्रचण्डको नेतृत्वमा सरकारको समर्थनमा ७ दल र स्वतन्त्र सांसदको राष्ट्रपति समक्ष अनुरोध

               

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...