News Portal

  • प्रमुख प्रजापतिले गरे हनुमानघाटस्थित लोकेश्वर महादेवको शिलान्यास

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० पुस २०७९
    ३७८ पटक
     भक्तपुर, २० पुस २०७९

    भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरका सांस्कृतिक, धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थान र सम्पदाहरु पर्यटन आकर्षणको आधारहरु भएको बताएका छन् । बुधबार हनुमानघातस्तिथ लोकेश्वर महादेव पुनःनिर्माण कार्यका लागि शिलान्यास गर्ने क्रम सो कुरा बताएका हुन् ।

                         

    प्रमुख प्रजापतिले भक्तपुर नगरका मूर्त र अमूर्त सम्पदा संरक्षणमा भक्तपुर नपाले प्राथमिकताका साथ अगाडि बढिरहेको जानकारी दिए ।

    हनुमानघाट परिसर स्थानीय जनताको आस्थाको केन्द्रको रुपमा रहेको महत्वपूर्ण धार्मिक स्थल हो । उनले यस ठाउँको सुधार गर्न नियमित सरसफाइ, मठ मन्दिर पुनःनिर्माण, पुल निर्माण, सुधारिएको शवदाहगृह निर्माणलगायतका कार्य निरन्तर रुपमा सञ्चालन भइरहेको उल्लेख गरे ।

    भक्तपुर धार्मिक पर्यटनको रुपमा विकास गर्ने धेरै सम्भावनाहरु रहेको ठाउँ हो भन्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले धार्मिक स्थल व्यवस्थापनमा पनि विशेष पहल गर्दै आएको र सम्पदा पुनःनिर्माणमा उपभोक्ता समितिलाई नै जोड दिँदै आएको जनाए ।

    भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर धेरै मठमन्दिरहरु भएको ठाउँ हो र जीर्ण अवस्थामा रहेका सम्पदाहरुको पुनःनिर्माण क्रम जारी रहेको भन्दै मन्दिर पुनःनिर्माणमा स्थानीय जनताबाट आर्थिक र भौतिक सहयोग रहने विश्वास व्यक्त गरे ।

    मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका सदस्य जीवनराज राजोपाध्यायले हनुमाघाटको इतिहास र महत्वबारे प्रष्ट पर्दै लामो समयदेखि जीर्ण अवस्थामा रहेको लोकेश्वर महादेव पुनःनिर्माण हुनु सुखद पक्ष रहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...