News Portal

  • भक्तपुर नपाद्वारा आधारभूत सीपमुलक तालिम सञ्चालन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० पुस २०७९
    २६० पटक
     भक्तपुर, २० पुस २०७९

    भक्तपुर नगरपालिकाले आधारभूत सिपमुलक तालिमहरु संचालन गरेको छ । बुधबार भनपाक प्रमुख सुनिल प्रजापतिले आधारभूत सिलाइ, बुटिक, पाक शिक्षा र हेयर कटिङसम्बन्धी तालिमको संयुक्त उद्घाटन गरी तालिम संचालन गरेको हो ।

    प्रमुख प्रजापतिले नगरबासी जनतालाई सीपयुक्त बनाउन वर्षेनि विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको जानकारी दिए । उद्दश्य स्पष्ट भए लक्ष्य प्राप्त गर्न सहज हुने प्रमुख प्रजापतिको भनाइ छ ।
    प्रमुख प्रजापतिले भने, “हातमा सीप भएको व्यक्ति कहिल्यै भोको रहँदैन, समाजमा स्वाभिमानी र आत्मनिर्भर बन्न सक्छन् ।”

    श्रमलाई माया र सम्मान गर्नुपर्नेमा जोड दिंदै प्रमुख प्रजापतिले श्रमलाई माया गर्नेहरुलाई समाज र परिवारले पनि इज्जत दिन्छ भन्दै सिक्न र सिकाउने कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

    भक्तपुर नपाले गरेको फरक शैलीको काम नै ख्वप मोडलको रुपमा परिचित भएको उनले दावी गरे । भक्तपुरलाई सांस्कृतिक केन्द्रको रुपमा विकास गर्न नगरपालिका तत्परताका साथ अगाडि बढिरहेको समेत उनले जनाए ।

    भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले आफूले सिकेको तालिमलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको बताउँदै जनतालाई आत्मनिर्भर बनाउने उद्देश्यले यी तालिमहरु सञ्चालनमा ल्याएको बताए ।

    त्यस्तै कार्यपालिका सदस्य रोशनमैंया सुवालले तालिमका प्रशिक्षार्थीहरुलाई नियमित रुपमा तालिममा सहभागी भई आफूले सिकेको सीप देश र समाजको निम्ति प्रयोग गर्न प्रेरित गरेका छन् । तालिममा आवेदन दिएका सबैलाई तालिममा सहभागी गराएको जानकारी दिंदै उनले आफू तालिम प्राप्त गरी आत्मनिर्भर हुन्छु भन्ने भावनाले काम गर्न हौसला प्रदान गरे ।

    कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य छोरीमैंया सुवालले गरेका थिए भने वडा सदस्य हेरा ख्याजुले स्वागत मन्तव्य दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...