News Portal

  • भक्तपुरमै नपाइने पत्रिकामा भक्तपुरको सूचना जारी गर्दै आयुक्तको कार्यालय

    भक्तपुर, २१ पुस २०७९
    ७६१ पटक
    भक्तपुर, २१ पुस २०७९

    उपत्यका बिकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले भक्तपुरमै उपलब्ध नहुने पत्रिकामा सूचना जारी गर्दा सरोकारवाला नै छक्क परेका छन् । भक्तपुर बासीले थाहा पाउनुपर्ने टेन्डर सूचना भक्तपुरमै उपलब्ध नहुने पत्रिकामा सूचना जारी गर्दा सरोकारवाला नै छक्क परेका हुन् ।

    जिल्ला आयुक्तको कार्यालय भक्तपुर बाट बुधवार प्रकाशित भएको सूचना हेर्न सबै पत्रिका पसल चहार्दा पनि पत्रिका पाउन नसकिएको भक्तपुर वडा नम्बर १ का वडाध्यक्ष श्याम कृष्ण खत्रीले बताए । आफ्नो वडाका लागि निर्माण सम्बन्धी टेन्डर सूचनाबारे जानकारी लिन खोज्दा पत्रिका नै नपाइएको उनले दुखेसो व्यक्त गरे । उपत्यका बिकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले बुधवार उक्त पत्रिकामा पहिलो सूचना प्रकाशित गरेको भने होइन, उक्त पत्रिकामा बारम्बार सूचना प्रकाशित गरी लाखौँ भुक्तानी समेत गरेको एक कर्मचारीले बताएका छन् । उनले दिएको जानकारी अनुसार कुन पत्रिकामा सूचना प्रकाशन गर्ने भन्ने कार्यालय प्रमुख, प्रशासन र लेखाको तजबिजीमा निर्भर रहने गर्दछ ।

    सूचना प्रकाशनमा जिल्ला आयुक्तको कार्यालय भक्तपुरको रोजाइमा पर्ने गरेको पत्रिकाको लागि भक्तपुरमा कोही वितरक  नभएको र भक्तपुरका पत्रिका पसलमा उक्त पत्रिका नपाइने पुस्तक तथा स्टेसनरी व्यवसायी महसंघ भक्तपुरका सचिव महेश थापा बताउँछन् । उपत्यका बिकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले भने सार्वजनिक खरिद ऐन अनुसार कार्यालयले राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना छपाएको जिकिर गर्दै कुनै सेटिङको कुरा नभएको बताएको छ । जिल्ला आयुक्त कृष्ण कुमार महर्जनले राष्ट्रिय स्तरको दैनिकमा सूचना छपाएको भन्दै कहाँ पाइन्छ, कहाँ पाइदैन त्यो सरोकारको विषय नभएको बताए ।

    भक्तपुरमै ३ वटा दैनिक पत्रिका प्रकाशित हुने गर्दछन । त्यो बाहेक राजधानी बाट प्रकाशित हुने धेरै वटा दैनिक सजिलै पाइन्छ । पत्रिका पसलमा सजिलै पाइने पत्रिकामा सूचना नदिएर आफ्नो तजबिजी देखाउनु टेण्डरमा हुने सेटिङ वा, छापाइमा हुने कमिसनको चक्कर भएको श्रोतको दावी छ । विज्ञापन एजेन्सीहरुको कमिसनको चक्करमा कर्मचारी पर्दा भक्तपुरबाट प्रकाशित हुने पत्रिकाले सूचना नपाउने गरेको प्रक्षेपण दैनिकका प्रकाशक विकल श्रेष्ठ बताउँछन । उनले भक्तपुरका कार्यालयहरुले भक्तपुरबाट प्रकाशित हुने पत्रिकालाई सूचनामा प्राथमिकता दिनुपर्ने बताएका छन् ।(ननस्टप खबर डटकमबाट)

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...