News Portal

  • तुइनबाट खसेर फेरि १२ बर्षिय बालक बेपत्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ पुस २०७९
    १९२ पटक
    भक्तपुर, २४ पुस २०७९

    दार्चुलाको ब्याँस गाउँपालिका– ४ डोकटका १२ वर्षीय दीपेन्द्र विष्ट तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका छन् । भारतको तिउतलामा खर काटेर आमा राई विष्टसँगै घर फर्किने क्रममा बिहीबार उनी तुइनबाट फुत्किएर महाकालीमा खसेका हुन् ।

    ‘आमाले खरको भारी तानेर महाकाली पार गरेपछि दीपेन्द्र तुइन चढेका थिए । तुइनमा फलामको ताङ्लो लगाएर तर्ने गरिए पनि उनले लठ्ठामा केही नलगाई तर्दा बीच भागमा पुगेपछि नदीमा खसेका थिए,’ घटनाबारे स्थानीय भूपेन्द्र विष्टले भने । यस क्षेत्रका स्थानीय खर लिन भारत जाने गर्छन् ।

    ब्याँस– ४ कै मलघट्टेमा नेपाल–भारत जोड्ने झोलुङे पुल निर्माण भए पनि औपचारिक उद्घाटन भएको छैन । सो पुलभन्दा झन्डै दुई किलोमिटर तल अस्थायी तुइन लगाएर स्थानीय आवश्यक कामका लागि आउजाउ गर्छन् । यसै क्रममा दीपेन्द्रको ज्यान गएको हो ।

    ब्याँस गाउँपालिका उपाध्यक्ष विनोद कुँवरकाअनुसार अहिलेसम्म घटनाबारे प्रहरीलाई समेत जानकारी दिइएको थिएन । ‘परिवारले अहिलेसम्म प्रहरीलाई पनि जानकारी दिएको रहेनछ । भोली(आइतबार) दिन्छौं भनेका छन्,’ उनले भने । जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख इन्स्पेक्टर जगत गाहामगरले पनि तुइनबाट बेपत्ता भएको भनेर अहिलेसम्म जानकारी नआएको बताए ।

    यसअघि २२ असारमा ब्याँस– २ का १८ वर्षीय सचिन बुढाथोकी दुम्लिङको बल्लुलुडी क्षेत्रमा तुइन चुँडिएर महाकालीमा बेपत्ता भएका थिए । भारतबाट नेपाल आउने क्रममा बेपत्ता उनी अहिलेसम्म अज्ञात छन् । नयाँपत्रिका दैनिकबाट साभार

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...