News Portal

  • सडक र हवाई सुरक्षाको परिणाममुखी पहल गर्न सरकारसंग माग

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ माघ २०७९
    २८५ पटक
    भक्तपुर, २ माघ २०७९

    नेपाल पत्रकार महासंघको जिल्ला शाखा भक्तपुरले सडक र हवाई सुरक्षाको लागि परिणाममुखी पहल गरी जनताको जीउज्यान जोगाउन सरकारसंग मागे गरेको छ । सोमबार शोक बक्तब्य जारी गर्दै भक्तपुर शाखाले प्राविधिक परिक्षण बिना उडान नभर्न दिएको निर्देशन कडाइका साथ कार्यान्वयन गर्न सुझाव दिदै सडक र हवाई सुरक्षाको लागि परिणाममुखी पहल गरी जनताको जीउज्यान जोगाउन समेत सरकारसंग माग गरेको हो ।

    सचिव संजीप घिमिरे ‘शुभचिन्तक’ द्वारा सोमबार जारी बक्तब्यमा आइतबार हवाईजहाज दुर्घटनामा परी महासंघ केन्द्रीय सदस्य त्रिभुवन पौडेलको निधन हुँदा महासंघले एक कुशल नेतृत्व र सिङ्गो सञ्चार जगतले एक होनहार पत्रकार गुमाएको बताइएको छ । पत्रकार पौडेल लगायत जहाज दुर्घटनामा ज्यान गुमाएका सबैप्रति महासंघले श्रद्धाञ्जली ब्यक्त गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने सामर्थ्य प्राप्त होस् भनी कामना समेत गरेको छ ।

    सोमबार नेपाल पत्रकार महासंघ भक्तपुरले शोक सभा सम्पन्न सम्पन्न गर्दै दिवङ्गत पत्रकार पौडेल लगायतमा श्रद्धाञ्जली अर्पण गरेको छ । महासंघको सल्लाघारीस्थित कार्यालयमा सम्पन्न शोक सभामा महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति र सल्लाहकार अमर भुजुले दिवङ्गत पत्रकार पौडेलको ब्यक्तित्वबारे चर्चा गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...